हिमालय एयरलाइन्सको सेवा आईओएस मापदण्डअनुसार, प्रमाणपत्र लिन १ करोड ६० लाख खर्च

<p>काठमाडौं । हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आईओएसए प्रमाणीकरण एक कोसेढुंगाका रूपमा हिमालय एयरलाइन्सले उपलब्धि हासिल गरेको छ । &#8216;हिमालय एयरलाइन्स आईओएसए कार्यक्रम म्यानुअलको प्रावधानअनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए) अन्तर्गत [&hellip;]</p>

काठमाडौं । हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आईओएसए प्रमाणीकरण एक कोसेढुंगाका रूपमा हिमालय एयरलाइन्सले उपलब्धि हासिल गरेको छ ।

‘हिमालय एयरलाइन्स आईओएसए कार्यक्रम म्यानुअलको प्रावधानअनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए) अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ,’ उक्त प्रमाणपत्रमा लेखिएको छ ।

आईओएसए प्रमाणीकरणले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि भएको कम्पनीको भनाइ छ । नेपालको पहिलो र एकमात्र आईओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एयरलाइन्सले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । आईओएसएको यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्यांकन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको कम्पनीले बताएको छ ।

‘यो कोसेढुंगाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमासमेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।’

उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयकी उपमहानिर्देशक नविना कर्माचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट हिमालय एयरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणका लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गरिन् । हिमालय एयरलाइन्सको यो उपलब्धिले निश्चितरूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ उनले भनिन् ।

आईएटीए अपरेशनल सेफ्टी अडिट (आईओएसए) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापीरूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवर्द्धन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मूल्यांकन गर्नका लागि विकास गरिएको हो ।

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरूको मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालनापछि वायुसेवाहरूलाई आईओएसए प्रमाणीकरण प्रदान गरिन्छ । आईओएसए दर्तालाई सुरक्षा उत्कृष्टताको चिह्नको रूपमा हेरिन्छ, जुन आईएटीए सदस्यताको लागि पूर्वशर्त पनि हो । आईओएसएमा दर्ता र प्रमाणिकरण हुने क्रममा करिब एक  करोड ६० लाख रुपैयाँ खर्च भएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Share News