६० महिनाको किस्ताबन्दी सेवा लिन ३० दिनभित्र आवेदन दिनू : विद्युत प्राधिकरण

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन ३० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी बक्यौता रकम किस्ताबन्दीमा बुझाउने भए ३० दिनभित्र आवेदन दिन भनेको हो । गत पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन ३० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी बक्यौता रकम किस्ताबन्दीमा बुझाउने भए ३० दिनभित्र आवेदन दिन भनेको हो ।

गत पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । प्राधिकरणका विभिन्न संचरनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिएको छ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

Share News