मेरो माइक्रोफाइनान्सले सेयर संरचना परिवर्तन गर्दै, ११औँ साधारण सभाको मुख्य एजेण्डा

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्त संस्थाले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत कायम गर्ने भएको हो । हाल लघुवित्तमा संस्थापक सेयरधनी समूहको ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३०.६० प्रतिशत सेयर स्वामित्व छ [&hellip;]</p>


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्त संस्थाले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत कायम गर्ने भएको हो ।

हाल लघुवित्तमा संस्थापक सेयरधनी समूहको ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३०.६० प्रतिशत सेयर स्वामित्व छ ।

लघुवित्तले उक्त प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारणसभा समेत डाकेको छ । लघुवित्त सञ्चालक समितिको पुस २३ गते बसेको बैठकले ११औँ वार्षिक साधारणसभा माघ २६ गते नुवाकोटको विदुर ४ बट्टारमा बिहान साढे ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले पबन्धपत्र संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

Share News