सीआर भण्डारी बने ‘वर्ष उत्कृष्ट’ कर्मचारी, रोकायालाई टिम च्वाइस अवार्ड

<p>काठमाडौं । देशविकास आर्थिक साप्ताहिक पत्रिकाको १८औं वार्षिकोत्सवबाट सीआर भण्डारी ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीकारूपमा पुरस्कृत भएका छन् । विकास मिडिया प्रालिले आइतबार आयोजना गरेको १८औं वार्षिकोत्सव कार्यक्रममा उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् । विगत डेढ वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत भण्डारीलाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै [&hellip;]</p>

काठमाडौं । देशविकास आर्थिक साप्ताहिक पत्रिकाको १८औं वार्षिकोत्सवबाट सीआर भण्डारी ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीकारूपमा पुरस्कृत भएका छन् । विकास मिडिया प्रालिले आइतबार आयोजना गरेको १८औं वार्षिकोत्सव कार्यक्रममा उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् ।

विगत डेढ वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत भण्डारीलाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । उनले बैंक तथा वित्त क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

यस्तै, विकास मिडियाले कार्यक्रममा टीम च्वाइस अवार्ड पनि प्रदान गरेको छ । विकास मिडियामा कार्यरत कर्मचारीहरूबीच भोटिङमार्फत् चयन हुने अवार्ड संस्थाका सहसम्पादक सन्तोष रोकायाले प्राप्त गरेका छन् । कर्मचारीहरूले रोकायालाई बढी मत दिएर पुरस्कृत गराएका हुन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले कर्मचारीको क्षमता विकास तथा सीप अभिवृद्धिमा संस्थाले कुनै कम्प्रमाइज नगरेर काम गर्ने बताए । उनले विकास मिडियाले विगत १७ वर्षको अवधिदेखि संस्थागत अभ्यास गरेर मिडिया इन्ड्रष्टिका रूपमा एउटा पायोनियर संस्थाको रूपमा स्थापित हुनुमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।

विकास मिडिया प्रा.लि.द्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिक १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा अब्बल व्यवस्थापकको थिममा म्यागेजिन पनि प्रकाशन गरेको छ । म्यागेजिनमा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रको नेतृत्व तहमा रहेर अब्बल काम गरिरहेका व्यवस्थापकहरूको प्रोफाइल समेटिएको छ ।

Share News