काठमाडौं । नागरिक लगानी कोषले वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १० अर्ब ३६ करोड ८४ लाख ४४ हजार रुपैयाँ बैंकहरूको मुद्दतीमा जम्मा गर्ने भएको हो ।
कोषका अनुसार बैंकको एक वर्षे मुद्दती निक्षेपमा उक्त रकम जम्मा राख्ने भएको हो । बैंक तथा वित्तीय संस्थाबाट लिन चाहेको रकम ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयाबधी उल्लेख गर्न कोषले आह्वान गरेको छ ।
उक्त निक्षेप लिन चाहेका बैंकहरूले पुस २४ गते दिउँसो २ बजेभित्र लाहाछाप सहित सिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ । उक्त रकममा माघ २७ गतेसम्मको भुक्तानी म्याद समाप्त हुने मुद्दती निक्षेप समेत समावेश गरिएको कोषले जनाएको छ ।