गुडविल फाइनान्सले माघ १५ गते डाक्यो २९औँ वार्षिक साधारणसभा

<p>काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले २९औं वार्षिक साधारणसभा माघ १५ गते हात्तीसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । फाइनान्सको सभाले प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, नियामकबाट कुनै निर्देशन आएमा सोही अनुरुप अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले एक महिलासहित संस्थापक [&hellip;]</p>

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले २९औं वार्षिक साधारणसभा माघ १५ गते हात्तीसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

फाइनान्सको सभाले प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, नियामकबाट कुनै निर्देशन आएमा सोही अनुरुप अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभाले एक महिलासहित संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, सञ्चालक समितिको थप अवधिमा भए गरेका कामको अनुमोदन गर्नेछ ।

आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

Share News