काठमाडौं । युवा उद्यमी राज कार्की राष्ट्रिय युवा उद्यमी २०८० बाट सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले आयोजना गरेको दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मार्फत् कार्की सम्मानित भएका हुन् ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीले उनलाई सम्मान गरेकी हुन् ।
बागबजारस्थित सुट्मालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्की कपडा सिलाई कटाइको बजारलाई आधुनिकीकरण गरेर थप उचाइमा पु¥याउने अभियानमा छन् ।
रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ-आफ्नो क्षेत्रबाट सेवा र योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको हो । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत हुन् ।
उनी विगत एक दकदेखि कपडा सिलाइ कटाइमा सक्रिय छन् ।