बागमतीभन्दा अब्बल बन्दै गण्डकी

<p>काठमाडौं । आर्थिक वृद्धिदरमा बागमती प्रदेशभन्दा गण्डकी प्रदेश अगाडि आउने सम्भावना देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार बागमतीभन्दा गण्डकी प्रदेश आर्थिक वृद्धिदरमा अगाडि हुने हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) सबैभन्दा बढी ३.७४ प्रतिशत हुने अनुमान गरिएको छ [&hellip;]</p>

काठमाडौं । आर्थिक वृद्धिदरमा बागमती प्रदेशभन्दा गण्डकी प्रदेश अगाडि आउने सम्भावना देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार बागमतीभन्दा गण्डकी प्रदेश आर्थिक वृद्धिदरमा अगाडि हुने हुने अनुमान गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) सबैभन्दा बढी ३.७४ प्रतिशत हुने अनुमान गरिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम १.७७ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वृद्धिदरको आधारमा गण्डकी प्रदेश प्रथम स्थानमा रहने देखिएको हो । सातै प्रदेशको तुलनामा बागमती अन्तिममा देखिने सम्भावना छ । राष्ट्र बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा कोसी प्रदेश २.४ प्रतिशत, मधेश १.९ प्रतिशत, लुम्बिनी २.२ प्रतिशत, कर्णाली प्रदेश २.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने अनुमान छ ।

देशको कुल ग्राहस्थ उत्पादनमा भने सबैभन्दा बढी योगदान बागमतीको नै रहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ३६.८२ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१२ प्रतिशत रहेको छ । चालुआर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको योगदान ८.९६ प्रतिशत रहने अनुमान छ ।

अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशको कुल गार्हस्थ्य उत्पादन (आधारभूत मूल्यमा) ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्धितीय र तृतीय क्षेत्रका योगदान क्रमशः २४.६ प्रतिशत, १२.९ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा क्षेत्रगत हिस्सा विश्लेषण गर्दा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्दै गएको देखिन्छ । उद्योग क्षेत्रको योगदान भने विगत १० वर्षमा स्थिर प्रायः रहेको देखिन्छ ।

Share News