
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार काठमाडौंको माइतीघरमा सशस्त्र द्वन्द्वका पीडितलाई न्याय एवं सम्पूर्ण नेपालीको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचलगायत माग राखेर आन्दोलनमा उत्रिएका डा. केसीसहितका प्रदर्शनकारी पक्राउ परेका हुन् ।
शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दबाबमुलुक कार्यक्रम आयोजना गरेको थियो। सोही अभियानमा सहभागी भएका डा. केसीसहित पुकार बम, शशीविक्रम कार्कीलगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् ।
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।