मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडिलाई २० जोर सुट दिने

<p>काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको हो । सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटका जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र [&hellip;]</p>

काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको हो ।

सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटका जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र राम प्रसाद अर्यालले सम्मानसहित बिदाई गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडिहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाई धन्यबाद दिएका थिए ।

नेपाली क्रिकेट खेलाडिहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । यसअघि पनि टी-२० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिएको थियो ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारिहरको उपस्थिति थियो ।

Share News