काठमाडौं । अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने भएको छ । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिपप्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरेको हो ।
साथै, उक्त स्थानमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रायोजनका लागि राखिएको पाइएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने बुढासुब्बा डिजिटलले एक सूचनामार्फत जानकारी गराएको छ ।