काठमाडौं । नेशनल लघुवित्तले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । संस्थाले सल्यान दार्मा गाउँपालिकालाई चार लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे । संस्थाले बाघचौर शाखामा आवद्ध ६८१ जना सदस्यलाई २१ लाख ५४ हजार रुपैयाँ राहत समेत वितरण गरेको छ ।
संस्थाले रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाका भूकम्प पीडितका लागि चार लाख रुपैयाँ दिएको छ ।
संस्थाले आठबिसकोट शाखामा आवद्ध ३७० जना सदस्यलाई ११ लाख ६४ हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ। संस्थाको ७२ जिल्लामा २०६ वटा शाखा कार्यालयमार्फत २ लाख २० हजार सदस्यलाई वित्तीय कारोबार दिइरहेको छ। संस्थाले १८ अर्ब भन्दा बढी लगानी गरेको छ
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायता गदै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरुबीच वित्तीय कारोबार संचालन गरिरहेको छ ।