
फाइल तस्बिर
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। भारतीय वायुसेनाको शिेष विमानबाट बिहान साढे ९ बजे जयशंकर नेपाल आइपुगेका हुन् । उनलाई नेपालका समकक्षी परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।
जयशंकरले आज उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको बिहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जयशंकर दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।