राष्ट्रिय सहकारी बैंकले ३१ वटा घडेरी बेच्दै

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका ३१ वटा घडेरी (गैर बैंकिङ) सम्पत्ति जग्गा बिक्री गर्ने भएको हो । बैंकले काभ्रेपलान्चोक, धनकुटा, झापा, नुवाकोट, धनुषा, धादिङ, रौतहट, चितवन, सुनसरी र काठमाडौंका लगायतका जिल्लाका विभिन्न स्थानमा रहको जग्गा बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका ३१ वटा घडेरी (गैर बैंकिङ) सम्पत्ति जग्गा बिक्री गर्ने भएको हो ।

बैंकले काभ्रेपलान्चोक, धनकुटा, झापा, नुवाकोट, धनुषा, धादिङ, रौतहट, चितवन, सुनसरी र काठमाडौंका लगायतका जिल्लाका विभिन्न स्थानमा रहको जग्गा बिक्रीमा राखेको हो ।

बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ ।

सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

Share News