काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरी मन्त्रलयमा पेश गरेको छ ।
बहाल व्यवस्थापन कार्यविधी बनाएर कोषको आम्दानी वृद्धी गर्ने जनाएको छ । कार्यविधि नबन्द कोषको अचल सम्पती कौडीको मुल्यमा प्रयोग हुँदै आएको छ ।
कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवदीको संयोकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले आज सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई मस्यौदा बुझाएको हो । मस्यौदा अध्यान गरेर कार्यन्वयमा लाने मन्त्री किरातीले बताएका छन् ।