१० करोड रुपैयाँ ठगीको आरोपमा लामा पक्राउ, ९९७ थान राहदानी समेत बरामद

<p>काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरीसार्वजनिक गरेको हो । [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरीसार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौंको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो । उनले पीडित व्यक्तिबाट ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताए ।

प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Share News