
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभामा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको बहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशील छन । यहि पौषको ७ र ८ गते काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारण सभामा देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदै छ ।
सहकारी अभियान भित्रको मजबुद संगठनको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावी नेतृत्वको विषयमा विभिन्न अडकलवाजीहरु चलिरहेका छन् । तीन ठूला राजनैतीक दलहरुको बाहुल्यता रहेको नेफस्कुनमा सबै पार्टीले आआफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।
राष्ट्रिय सहकारी विकास वोर्डको कार्यकारी सदस्य सहित राष्ट्रिय युवा परिषदको समेत सदस्य समेत रहेका सापकोटा नेफ्स्कूनको लुम्विनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन् । पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण रहेको र राज्यसँग नीतिगत बहस पैरवी र अभियानलाई सहि दिशामा डोर्याउन सक्ने नेतृत्वसँग कार्यगत एकता हुनसक्ने सापकोटाको धारणा छ ।
नेफ्स्कूनको ३२औं साधारणसभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहासचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक सहित तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदै छ । हाल नेफ्स्कूनमा करिब पाँच हजार बचत तथा ऋण सहकारी संघ संस्था आबद्ध छन् ।