
फाइल तस्बिर
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशसँगै ३० लाख धरौटी बुझाएर छुटेका पूर्वगृहमन्त्री खाणलाई सम्पत्ति सुद्धिकरण हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुर्याइएको छ ।
अदालतले मागेको ३० लाख धरौटी बुझाएपनि भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुलाई सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेकाले खाणलाई ती दुवै कार्यालयमा पुर्याइएको हो । उनले सम्पत्ति सुद्धिकरण विभागमा थप १५ लाख धरौटी बुझाएर मात्रै त्याहाँबाट छुटेका थिए । त्यसपछि अख्तियार पुगेका खाणलाई सो कार्यालयले के कसरी हेर्छ त्यो भने सार्वजनिक भइसकेको छैन ।