एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छः ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् । बिहीवार तेह्रथुममा महाकाली-मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्दै उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् ।

बिहीवार तेह्रथुममा महाकाली-मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्दै उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको समेत बताए ।

त्यस्तै, चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उनले भनाइ छ । उनले नागरिकहरुले सरकारको संलग्नता छ भनेपनि सरकार बोल्न नसकेको उनले बताए ।

सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गर्दै ओलीले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।

Share News