
काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको चार महिनामा विदेश भ्रमणमा ६१ अर्ब ९२ करोड र विदेशमा पढ्न ३८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिमा नेपालीहरुले विदेश भ्रमणमा ६५ प्रतिशत खर्च गरेका हुन् ।
समीक्षा अवधिमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो ।
त्यस्तै, सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पनि ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छव । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रहेको थियो ।