काठमाडौं । एनआईसी एशिया बैंकले साना किसान विकास लघुवित्तमा रहेको सेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको झण्डै ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले लघुवित्तमा रहेको ३ लाख ९२ हजार ६५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरेको छ ।
साथै, उक्त सेयर खरिद गर्ने लगानीकर्ताले लघुवित्तले घोषणा गर्ने हकप्रद सेयर र लाभांश समेत प्राप्त गर्नेछन् ।