काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशको महिला निजामती कर्मचारीहरुलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीलाई नयाँ बिदा थप गर्दै पिरियड्स बिदा गरेको हो ।
तर कति दिन बिदा दिने विषयमा निर्णय भइसकेको छैन । त्यसको लागि नियमावली तयार हुँदै रहेको सरकारले बताएको छ ।