विकास बैंक पनि ब्याजदर घटाउँदै, सांग्रिला डेभलपमेन्ट बैंकले घटायो ब्याजदर

<p>काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले धमाधम ब्याजदर घटाउँदै आएका छन् । वाणिज्य बैंकहरूले उच्च रहेको ब्याजदर निरन्तर घटाउँदै आएकोमा विकास बैंकहरूले समेत ब्याजदर घटाउन थालेका छन् । यसअघि विभिन्न ४ वटा वाणिज्य बैंकले ब्याजदर घटाइसकेकोमा सांग्रिला डेभलपमेन्ट बैंकले पनि ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले आज मंसिर २७ गतेदेखि नै लागू हुनेगरी विभिन्न [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले धमाधम ब्याजदर घटाउँदै आएका छन् । वाणिज्य बैंकहरूले उच्च रहेको ब्याजदर निरन्तर घटाउँदै आएकोमा विकास बैंकहरूले समेत ब्याजदर घटाउन थालेका छन् ।

यसअघि विभिन्न ४ वटा वाणिज्य बैंकले ब्याजदर घटाइसकेकोमा सांग्रिला डेभलपमेन्ट बैंकले पनि ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले आज मंसिर २७ गतेदेखि नै लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने सुनौलो बचत खातामा ८.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५५ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६० प्रतिशत र ब्यक्तिगततर्फ १०.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा ११.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

Share News