माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर, आजैदेखि लागू हुने

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६०३ प्रतिशत र ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै, रेमिट्यान्स मुद्दती खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

Share News