
काठमाडौं । सरकारले कैलाली जिल्लाको त्रिनगर नाका र कपिलवस्तु जिल्लाको सुठौली नाकामा विरुवा जाँच्ने क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै बिरुवा तथा बिरुवाजन्य उपज निकासी तथा पैठारी गर्दा जाँच वा उपचार गर्न ती क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने भएको हो ।
ती नाकामा चेकपोस्ट सञ्चालन गर्न कञ्चनपुर जिल्लामा रहेको क्वारेन्टाइन र कपिलवस्तु जिल्लाको क्वारेन्टाइन कार्यालय तथा कृष्णनागरको प्राविधिक जनशक्ति परिचालन गर्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
