कोप–२८ सम्मेलन उपलब्धिमूलक भयो : मन्त्री महतो

<p>काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको बताएका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएको पनि मन्त्री महतोको भनाइ छ । कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । मन्त्री महतोले [&hellip;]</p>

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको बताएका छन् ।

सम्मेलनमा नेपालको बारेमा चर्चा भएको पनि मन्त्री महतोको भनाइ छ ।

कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकैस्वर रहेको र यसपटक नेपालले आफ्ना एजेन्डा जोडदाररूपमा उठाएको बताए ।

उनले भने, ‘यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौं ।’

मन्त्री महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यसपटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको पनि दाबी गरे ।

मन्त्री महतोले यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकोले क्लाइमेट चेञ्जका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तर्क्रिया गरिएको जनाए।

उनकाअनुसार उक्त पेभेलियनमा नेपालका प्रतिनिधिहरू बिहानदेखि बेलुकासम्म व्यस्त भएका थिए ।

Share News