अब आलु र प्याजको बिक्रीमा भ्याट नलाग्ने, राजश्व विभागले पार्यो स्पष्ट

<p>काठमाडौं । अब आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने भएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै उक्त उत्पादनको बिक्रीमा भ्याट नलाग्ने स्पष्ट पारेको हो । ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने [&hellip;]</p>

काठमाडौं । अब आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने भएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै उक्त उत्पादनको बिक्रीमा भ्याट नलाग्ने स्पष्ट पारेको हो ।

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै व्यापारीले कारोबार ठप्प गरेपछि विभागले उक्त निर्णय गरेको हो । व्यापारीहरुले विगत चार दिनदेखि सो वस्तुको कारोबार ठप्प पारेका थिए ।

सरकारले आर्थिक विधेयक-२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र प्याजको कारोबार ठप्प पारेका थिए ।

Share News