
काठमाडौं । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । आजियाटा कम्पनी, दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री कार्यालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाएर सिंहले रिट निवेदन दर्ता गराएका हुन् ।
सिंहका अनुसार सो निवेदनमाथि सर्वोच्चले आइतबार पेशी तोकेको छ ।
पाटन उच्च अदालतले बिहीबार एनशेलको शेयर कारोबार प्रकृयालाई रोक्नका लागि तत्कालीन आदेश जारी गरिसकेको छ भने संसदको लेखा समितिले पनि शेयर कारोबार रोक्न सरकार र सम्बन्धित कार्यालयका नाममा निर्देशन जारी गरेको छ ।
