जनकपुर र इटहरीमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । समृद्धि फाइनान्सले जनकपुर र इटहरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले बिहीबार र शुक्रबार संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरुको सूचीमध्ये मंसिर महिनाका लागि तय भएको कार्यक्रमहरुका रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीमा वित्तीय [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले जनकपुर र इटहरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले बिहीबार र शुक्रबार संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरुको सूचीमध्ये मंसिर महिनाका लागि तय भएको कार्यक्रमहरुका रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पसका ७५ जना र इटहरी शाखाले ज्योति माविका ५० जना विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

Share News