कर्जा नतिर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा चुक्ता नगर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै जाने राष्ट्र बैंकले बताएको हो । साथै, कर्जा पुनरसंरचना अवधिलाई थप गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा चुक्ता नगर्ने ऋणीलाई कारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै जाने राष्ट्र बैंकले बताएको हो ।

साथै, कर्जा पुनरसंरचना अवधिलाई थप गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समस्यमा परेका ऋणीहरूको ब्याजको १० प्रतिशत रकम असुल गरी चैतसम्म पुनसरंचना गर्न सकिनेछ ।

‘बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने छ,’ राष्ट्र बैंकले भन्यो, ‘यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।’

Share News