आवास कर्जाको मासिक किस्ता अनुपात ६० प्रतिशत

<p>काठमाडौं । ५० लाख रुपैयाँसम्कको आवास कर्जाको मासिक किस्ता ६० प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिनेछ । यसअघि ५० लाख रुपैयाँसम्मको [&hellip;]</p>

काठमाडौं । ५० लाख रुपैयाँसम्कको आवास कर्जाको मासिक किस्ता ६० प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिनेछ ।

यसअघि ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशत थियो । यसले निर्माण क्षेत्र चलायमान गराउन सहयोग पुर्याउनेछ ।

Share News