बैंकहरुले सामाजिक उत्तरदायीत्व कोषबाट ४० प्रतिशत भूकम्पको क्षेत्रमा खर्च गर्नसक्ने

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायीत्व कोषमा छुट्याएको रकमबाट ४० प्रतिशत हिस्सा भूकम्प क्षेत्रमा खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक शुक्रबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो जनाएको हो । ‘२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायीत्व कोषमा छुट्याएको रकमबाट ४० प्रतिशत हिस्सा भूकम्प क्षेत्रमा खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक शुक्रबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो जनाएको हो ।

‘२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्नसक्ने व्यवस्था गरिने छ’, समीक्षामा भनिएको छ ।

पछिल्लो समय जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री कोष मार्फत् बैंकहरुले स्वतः स्फुर्त रुपमा करोडौं रकम सहयोग गरिसकेका छन् ।

Share News