काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामार्फत् यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने राष्ट्र बैंकको भनाइ छ ।
यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने समीक्षामा उल्लेख छ ।