लघुवित्तको नियमित सम्पर्कमा रहेका ऋणीहरूको कर्जा पुनरसंरचना गर्न दिने

<p>काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको नियमित सम्पर्कमा रहेका ऋणीहरूको कर्जा पुनरसंरचनामा सहजीकरण गर्न दिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । ‘लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि [&hellip;]</p>

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको नियमित सम्पर्कमा रहेका ऋणीहरूको कर्जा पुनरसंरचनामा सहजीकरण गर्न दिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ,’ राष्ट्र बैंकले भनेको छ ।

Share News