काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री प्रकृया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले ऐनसलको सेयरहरु दर्ता किताबमा दर्ता नगर्न/नगराउन विपक्षी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।
यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।
