परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, राजदूत बन्दै

<p>काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष निजामति सेवाबाट उनले आजबाट अवकाश लिएका हुन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन [&hellip;]</p>

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष निजामति सेवाबाट उनले आजबाट अवकाश लिएका हुन् ।

“करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

Share News