मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तको ८औं साधारणसभा आह्वान

<p>काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को [&hellip;]</p>

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर सम्बन्धि कार्य गर्न र अन्य वित्तीय संस्थाको शाखा खरिद गर्न वा बिक्री लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १४ गतेदेखि मंसिर ३० गतेसम्म सेयरधनी किताब बन्द ९बुक क्लोज० गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको साधारणसभामा सहभागी हुन पाउने छन् ।

Share News