कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति दिन्छ ?

<p>काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ८ प्रतिशत [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ८ प्रतिशत ब्याज दिनेछ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.०१२ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१२ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधार दरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।

Share News