साढे २ अर्ब खर्चेर बन्दैछ राष्ट्र बैंकको नयाँ भवन, केन्द्रीय कार्यालय माघ २३ गते भत्काइने

<p>काठमाडौं, २० मंसिर । महाभूकम्पले भत्किएको नेपाल राष्ट्र बैंकको भवन दुई अर्ब ५० करोड भन्दा बढी खर्चेर बनाइने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनःनिर्माणको जिम्मा लिएको राष्ट्र बैंकको केन्द्रिय कार्यालयको पुरानो भवन र थापाथली स्थित बैकिङ कार्यालयको भवन बनाउन सो रकम खर्च गर्न लागिएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको भवन बनाउन एक [&hellip;]</p>

काठमाडौं, २० मंसिर । महाभूकम्पले भत्किएको नेपाल राष्ट्र बैंकको भवन दुई अर्ब ५० करोड भन्दा बढी खर्चेर बनाइने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनःनिर्माणको जिम्मा लिएको राष्ट्र बैंकको केन्द्रिय कार्यालयको पुरानो भवन र थापाथली स्थित बैकिङ कार्यालयको भवन बनाउन सो रकम खर्च गर्न लागिएको हो ।

nrbराष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको भवन बनाउन एक अर्ब ५० करोड लाग्नेछ भने थापाथलीको भवन बनाउन एक अर्ब लाग्ने बताइएको छ ।

यी दुबै भवनको निर्माण पुनर्निर्माण प्राधिकरणले गर्नेछ भने खर्च राष्ट्र बैंकले व्यहोर्ने राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । महाभुकम्पका कारण केन्द्रिय बैंक भत्केपछि चाइनाको केन्द्रिय बैंकले भवन बनाउने प्रस्ताव गरेको थियो ।

त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि बनाइदिनको लागि प्रस्ताव मागेको थियो । तर तत्कालिन सरकारले आफैं बनाउने अडान कसेपछि यी निकाय पछि हटेका थिए ।

नयाँ भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केन्द्रिय बैंकको पुरानो भवन माघ २३ गते भत्काउने तालिका सार्वजनिक गरेको छ । भूकम्प गएको डेढ वर्षपछि मात्र पुननिर्माण प्राधिकरणले केन्द्रिय बैंक बनाउनका लागि भत्काउने काम प्रारम्भ गर्न लागेको हो । प्राधिकरणले सो भवनको नापजाँच गरिसकेको र अव काम सुरु गर्ने बताएको छ ।

केन्द्रिय बैंकको थापाथली शाखा पुनर्निर्माणका लागि गरिने सम्पुर्ण प्रकृया पनि पुरा भईसकेको छ । सो भवनको डिजाइन पनि फाइनल भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । केन्द्रिय कार्यालयको भवन कस्तो हुन्छ भन्ने चाही अहिलेसम्म फाइनल भएको छैन ।

Share News