माटोसँग खेल्न जान्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन

<p>पोखरा, १९ मंसिर । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन् । दुई [&hellip;]</p>

पोखरा, १९ मंसिर । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन् ।

दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग जातको केराका बिरुवा फस्टाएर अहिले वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको कृषक भण्डारी बताउछन् ।

पोखरा बजारमा रहेको घर जग्गा बिक्री गरेर आफ्नो निर्मलपोखरी गाविसस्थित जन्मघर फर्कनुभएका ६५ वर्षीय भण्डारी भन्छन् – “घरछेउमा रहेको केराघारीबाट दैनिक एक दुई घरी केरा बिक्री गर्दै आएको छु । केराको प्रतिघरी ८०० रुपैयाँ देखि दुई हजारसम्म पर्ने गरेको छ ।”

उनी भन्छन् – “वार्षिक रु तीन लाखभन्दा बढी उत्पादन हुने सुन्तलाको बोट सुक्न थालेपछि सोही जमिनमा केराखेती विस्तार गर्दै आएको र अहिले सुन्तलाको विकल्प केरा राम्रो आम्दानीको स्रोत बनेको छ ।”

यातायातको असुविधाका कारण बारीमा उत्पादित अर्गानिक केरा डोकोमा बोकेर पोखराका बजारमा बिक्री गर्दै आएकी श्रीमती दुर्गामाया भण्डारी भन्छन् – “बजारमा लगेको केरा बिक्री हुँदैन कि भन्नु पर्दैन ।” उनका अनुसार कुनै विषादी प्रयोग नगरी उत्पादित अर्गानिक केरा, अकबरे खुर्सानी, दूधजन्य पदार्थ तथा मौसमी र बेमौसमी तरकारी बिक्री गरेर मासिक एक लाख रुपैयाँ गाउँमा ल्याउने गरेकी छु ।

परम्परागत कृषिभन्दा आधुनिक र नयाँ नयाँ सम्भावनाको खोजी गर्दै आउनुभएका कृषक भण्डारीले छ हजार बराबरको धान उत्पादन हुने चार आना जग्गामा रोपेको अकबरे खुर्सानीबाट यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

घर नजिकै बारीको डिलमा पाँच वर्षअघि लगाएको सिम्रिक बिक्री गरी ५२ हजार आम्दानी गरेको उनी बताउछन् । आयुर्वेदिक महत्व बोकेको सिम्रिक विशेष गरी शरीर दुखेको र सड्के मर्केकोमा सेवन गर्ने गरिन्छ । रासस

Share News