काठमाडौं, १७ मंसिर । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तरराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग गरेको छ । बैंकले जोरपाटीमा आश्रित उक्त संस्थाका अपाङ्ग व्यक्तिहरूलाई ५ थान ह्वीलचियर, ७८ थान न्यानो कम्वल र खाद्य सामग्री उपलब्ध गराएको छ ।

शुक्रबार आयोजित एक समारोह बीच बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक समितिका सदस्य मालचन्द दुगड, एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त सामग्रीहरु वितरण गरेका छन् ।
कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्ग ब्यक्तिहरूलाई सहयोग सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसै क्रममा खगेन्द्र नवजीवन केन्द्रका महासचिव श्री यज्ञ उप्रेती र केन्द्रका संचालक भुपति संजेलूले बैंकले पुर्याएको सहयोगका लागी कृतज्ञता व्यक्त गरेका छन् ।