
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फछ्र्यौट, विद्ययमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले समितिमा उप–समिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन आग्रह गरेका छन् । उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई नराख्न आग्रह गरे ।
समितिका २७ जना सांसदहरुले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने पोखरेलले बताए । समितिले गर्ने निर्णयहरूमा सर्वसहमतिको प्रयास गर्ने उनले बताए ।
समितिले तत्काल बेरुजु लगायतका विषयमा उपसमितिहरु बनाएर काम अगाडि बढाउने बताए ।
समितिमा पर्ने उजुरीहरु बारे छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको पनि उनले बताए ।