काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कारोबार बन्द तथा खाता नम्बर परिवर्तन हुने भएको छ । फाइनान्स कम्पनीले आफ्नो सेवालाई परिष्कृत गर्न कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गर्ने भएकाले तीन कारोबार बन्द हुने जनाएको छ ।
कम्पनीका अनुसार सीबीएस सिस्टम प्रतिस्थापन गर्नु पर्ने भएकोले भदौ २० गते बुधवार वहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म सम्पूर्ण बैकिङ्ग कारोवारहरु पूर्ण रुपमा बन्द रहने छन् ।
डाटा माइग्रेशन पश्चात् ग्राहकहरुले नयाँ कायम भएको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । साथै, अन्य निकायहरु जस्तै, सेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।
बैकिङ्ग कारोबारहरु बन्द रहने दिनमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्नु हुन अनुरोध गरेको छ ।