गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता सुरु, बिजेतालाई आकर्षक उपहार

<p>काठमाडौं । हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले &#8216;गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता&#8217; गर्ने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा &#8216;गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता&#8217; आयोजना गरेको क्यापिटलले जनाएको छ । तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी [&hellip;]</p>

काठमाडौं । हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ गर्ने भएको छ ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले जनाएको छ ।

तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको क्यापिटलले बताएको छ ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि इच्छुक सम्पूर्णले यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटलको आधिकारिक फेसबुक पेजको ‘मेन्सन’ मा पोष्ट गर्नुपर्ने क्यापिटलले बताएको छ ।

फोटो पोष्ट गर्दा गरिमा क्यापिटल तिज सारिमा सेल्फी, गरिमा क्यापिटल तिज, नेपाली फेस्टीभल र गरिमा क्यापिटल लिमिटेड जस्ता ह्यासट्यागहरू समावेश गर्नुपर्ने क्यापिटलले जनाएको छ । साथै, सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजार नगद उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ ।

साथै, गरिमा क्यापिटलले हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना दिएको छ ।

Share News