नेपाल र भारतको खेल हेर्न रवी लामिछाने श्रीलङ्का गए, बालेन पनि जाँदै

<p>काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतसँग खेल्दै छ । नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । एसिया कपमा यो नेपालको दोस्रो खेल हो । पहिलो खेल भने पाकिस्तानसँग भएको थियो [&hellip;]</p>

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने श्रीलंका प्रस्थान गरेका छन् ।

एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतसँग खेल्दै छ । नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

एसिया कपमा यो नेपालको दोस्रो खेल हो । पहिलो खेल भने पाकिस्तानसँग भएको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको मेयर बालेन साह पनि नेपाल र भारतको खेल हेर्न श्रीलङ्का जाने तयारीमा रहेको बुझिएको छ ।

उनी हिमालयन एयरलाइन्सको जहाजमार्फत आइतबार दिउँसो श्रीलंका जान लागेका हुन् ।

 

Share News