संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउँदैन : पूर्वअर्थमन्त्री शर्मा

<p>काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले सरकारले संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताएका हुन् । नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि त्यसलाई परिचालन गर्न नसकेको शर्माले बताए । नेपालमा लगानीको अभाव महसुस भएको पनि उनले बताए [&hellip;]</p>

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले सरकारले संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि त्यसलाई परिचालन गर्न नसकेको शर्माले बताए । नेपालमा लगानीको अभाव महसुस भएको पनि उनले बताए ।

सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको शर्माले बताए ।

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए ।

Share News