चीनले नेपालको नयाँ नक्सा अस्वीकार गरेको भन्दै बालेनले गरे चीनको भ्रमण रद्द

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीनले जारी गरेको नक्सालाई देखाएर चीन भ्रमण रद्द गरेको बताएका छन् । चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै उनले आपत्ति समेत व्यक्त गरेका छन् । चीनको नक्सा जारी गर्दा नेपालको भूमि भारतको देखिने गरी उल्लेख गरेको भन्दै मेयर साहले गर्न लागेको चीनको ५ दिने भ्रमण [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीनले जारी गरेको नक्सालाई देखाएर चीन भ्रमण रद्द गरेको बताएका छन् ।

चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै उनले आपत्ति समेत व्यक्त गरेका छन् ।

चीनको नक्सा जारी गर्दा नेपालको भूमि भारतको देखिने गरी उल्लेख गरेको भन्दै मेयर साहले गर्न लागेको चीनको ५ दिने भ्रमण स्थगित गरेको बताएका छन् ।

‘हामी नेपालीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ’ मेयर साहले फेसबुक स्टेटस लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समावेश गरेर नेपालले नयाँ नक्सा जारी गरेको छ । चीनले केही दिन अघि अपडेट गरेको नयाँ नक्सामा नेपालको भूभागका भारतमा पर्ने गरी उल्लेख गरेको छ ।

Share News