बैंकको ब्याजदर अझै बढ्न सक्छ : बैंकर्स संघ

<p>काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको छ । मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएका हुन् । भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए [&hellip;]</p>

काठमाडौं । नेपाल बैकर्स संघले बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएको छ ।

मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले विश्व परिवेशअनुसार नेपालका बैंकको ब्याजदर अझै बढ्न सक्ने बताएका हुन् ।

भारतको ब्याजदर औसत ६.५ को हारहारीमा रहेको र सबै देशमा ब्याजजदर बढ्दा नेपालमा भने घटिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

नेपालमा ब्याजदर घट्नु सकरात्मक भए पनि अन्तर्राष्ट्रिय परिवेशसले भने ब्याजदर बढाउन दबाब दिइरहेको बैंकर्सको भनाई छ ।

बैंकिङ क्षेत्रमा गत असारसम्मको सूचक सन्तोषजनक नै रहेको पनि उनीहरुले बताएका छन् ।

पछिल्लो समय बैंकमा निक्षेप केही बढेको भए पनि कर्जा भने तीन प्रतिशतमा सीमित भएको केसीले बताएका छन् ।

त्यसैगरी, गत आर्थिक वर्षमा बैंकको नाफा ६ प्रतिशत मात्रै भएको उनको भनाई छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी बाहिर चर्चा भएजस्तो सहज नभएको पनि बैंकर्सहरु बताउँछन् ।

‘पहिलेको तुलनामा तरलता कम नै छ । तरलता बाहिर भनेजस्तो सहज छैन । कर्जाको माग पनि छैन । अझै २÷३ महिना माग नहुने अवस्था छ’, अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने ।

Share News