यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटमा छानबिन गर्न केपी ओलीको चुनौती

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट लगायत प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै ओलीले ती सबै प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् । ती विषयमा छानबिन गर्दा आफूलाई केही फरक नपर्ने ओलीले बताए । ‘के यती होल्डिङस, यती [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट लगायत प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै ओलीले ती सबै प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

ती विषयमा छानबिन गर्दा आफूलाई केही फरक नपर्ने ओलीले बताए ।

‘के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललिता निवास ललिता निवास भन्दै थिए । अहिले भागा भाग छ’, ओलीले भने ।

ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुन बिना बिक्री भएकोमा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।

‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । जेल जाऊ’, उनले भने ।

ओलीले सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए ।

Share News