
काठमाडौं । ललितपुरको भैंसेपाटीमा बनेको मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको नयाँ कार्यालय तथा निवासको साँचो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् ।
आइतबार आयोजित एक समारोहमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई नयाँ निवासको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा केन्द्रीय सरकारका मन्त्री, प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति थियो ।

सहरी विकास मन्त्रालयको बनाएको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासमा १४ वटा ब्लक छन् ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्नको लागि बनाइएको उक्त निवास तयार गर्दा सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको बताएको छ ।



